कस्ताे रहला आज देशभरकाे माैसम?
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज दिउँसाे पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।
पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे छ ।
अहिले बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।
२७ फागुन २०७८, शुक्रवार ०७:५० बजे प्रकाशित












