कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सय बढि नेपालीको उद्धार सुरु
धनगढी, २ जेठ । कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सय बढि नेपालीको उद्धार सुरु भएको छ। डेढ महिना बढि क्वारेन्टाइनमा बसेका उनीहरुका लागि आज जन्मभूमीको ढोका खुलेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिने छ।
कैलाली घर भएकाहरुलाई आज स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीहरुलाई आज कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालीहरुको सीमामै ¥यापिड टेस्ट समेत भईरहेको जानकारी दिए।
२ जेठ २०७७, शुक्रवार ०९:४३ बजे प्रकाशित































