punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कुहिएको चामल प्रकरणमा संग्लनलाई कारवाही गर्न माग

Chaupati
safha napa

धनगढी,जेठ १ । धनगढी उप–महानगरपालिकाले राहतमा वितरण गरेको चामल कुहिएको फेला परेपछि उक्त प्रकरणमा संलग्नलाई कारवाही गर्न युवा संघ नेपाल धनगढी नगर कमिटिले माग गरेको छ । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहतमा कुहिएको चामल वितरण गरेको घटनामा ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग गरिएको हो ।

युवा संघ नेपाल धनगढी नगर कमिटीका संयोजक विष्णु केसीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गरिएको छ । साथै उक्त प्रकरणमा मिलेमतो गरी राहत वितरण कार्यक्रममा अनियमितता भएको समेत युवा संघको आरोप छ।

युवा संघ नगर कमिटीले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकामा कारवाहीको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । 


१ जेठ २०७७, बिहीवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु