punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागु औषध सहित दुई जना युवक प्रकाउ

Chaupati
safha napa

कञ्चनपुर ,जेठ १ । कञ्चनपुरमा लागुऔषध ९चरेस ० ओसारपसार गरिरहेका दुइजना युवकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । जिल्लाको भिमदत्त नगरपालिका हल्दुखालबाट महेन्द्रनगर बजार पुगेका दुई जनालाइ सशस्त्र प्रहरीले लागु औषध र केही रकम नगद सहीत नियन्त्रण लिएको हो ।

बिहीबार बिहानै देखि सशस्त्र प्रहरी निरीक्षक माधव जोशी नेतृत्वको टोली महेन्द्रनगर बजारमा खटिएको थियो ।

उक्त टोलीले मोटरसाईकलमा सवार भीमदत्त नगरपालिका ७ हल्दुखालका पुष्कर कुँवर र गणेश कुँवरलाई शंकास्पद रुपमा चेकजाँच गर्दा उनिहरुबाट ३० ग्राम चरेश सहित सात हजार चार सय बिस रूपैया नगत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

लकडाउनका बेला खटिएको सशस्त्र प्रहरीको टोलिले संस्कास्पद व्यक्तिमाथि चेकजाँच गर्दा उनिहरु दुइजनाबाट लागु औषध फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरसिंह शाहुले बताएका छ्न ।


१ जेठ २०७७, बिहीवार ०७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु