बुधबारदेखि धनगढी–पोखरा हवाइ उडान सुरु

धनगढीको गेटा विमानस्थलबाट बुधबारदेखि पोखरा हवाई उडान सुरु भएको छ । बुद्ध एयरले पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गर्न लागेको हो । बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन् ।

 

 


१८ फागुन २०७८, बुधवार १३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु