माधव नेपाल लगायतका नेताहरू अवसर र स्वार्थको राजनीति गरिहेका छन् : प्रदीप ज्ञवाली
माधव नेपाल लगायतका नेताहरूले कुनै मुलको राजनीति नभई अवसर र स्वार्थको राजनीति गरिरहेको पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् । सोमबार प्रेस चौतारी नेपालको कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले यस्तो आरोप लगाएका हुन् ।
‘उहाँहरू कुनै मुलको राजनीति गरिराख्नु भएको छैन, उनले भने,’ केवल अवसर र स्वार्थको राजनीति गरिराख्नुभएको हो । पहिलो कुरा त उहाँहरू कुनै मुलको राजनीति गरिराख्नु भएको छैन । केवल अवसर र स्वार्थको राजनीति गरिराख्नुभएको छ । यस्तै उनले मार्सले कम्युनिस्ट घोषणा पत्रमा उल्लेख गरेको जस्तो युरोपलाई अहिले कम्युनिजमको भूतले तर्साई रहेको बताए ।
केपी ओली, नेकपा एमाले फेरी सत्तामा फर्किन्छ भन्ने मनोवैज्ञानिक भय र आफ्नो भई परी आई रहेका सेवा सुविधाहरू गुम्छन् भन्ने भयले उहाँहरू जुनसुकै सम्झौता गर्न तयार भएको उनको आरोप छ । माधव नेपाल लगायतका नेताहरूले भन्ने गरेको राष्ट्रवाद, अग्रगमन राष्ट्रवाद, प्रगतिशीलता, संविधानको रक्षा लगायतका कुराहरूको अन्तिम चुरो पदको रक्षा मात्रै भएको नेता ज्ञवालीको भनाई छ ।
यही बिचमा एमसीसी पास गर्नको नेपाली काँग्रेसले एमाले सँग अनुरोध र छलफल गरिराखेको अवस्थामा पनि हामीहरूले त्यो विषयमा प्रवेश गर्नुपूर्व पहिला एमालेका मागहरू पुरा गर्न भनेको उनको प्रतिक्रिया छ ।
१६ फागुन २०७८, सोमवार १२:०३ बजे प्रकाशित












