punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत मतदात सम्पन्न

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत आइतबार भएको मतदात सम्पन्न भएको छ। जिल्ला नेतृत्व चयनका लागि आज भएको मतदात सम्पन्न भएको हो। २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मत खसेको निर्वाचन कार्यलयले जनाएको छ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आजै रातिदेखि मतगणना सुरु हुने छ । जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेल सभापतिमा उम्मेदवार छन्।


१५ फागुन २०७८, आइतवार २१:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु