एमसिसी सम्झौता संसद्‍बाट अनुमोदन

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्‍बाट अनुमोदन भएको छ।  दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो। शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू ले एमसिसीको पक्षमा ध्वनि मत प्रकट गरे। राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने घेराउमै थियो।

एमसिसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा देखिएको विवाद चिर्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेका थिए।


१५ फागुन २०७८, आइतवार २१:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु