चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वनमा बाघले दुई गैँडा मार्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुई गैँडा मरेका छन् । बाघको आक्रमणबाट एउटा माउ र बच्चा गैँडा मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन् । बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उनले बताए ।


४ फागुन २०७८, बुधवार २१:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु