punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिँदैन : मन्त्री आले

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । बाराको निजगढमा बुधबार रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोकिने बताएका हुन् ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि विभिन्न दलका शीर्ष नेता, मन्त्रीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरु हुनेसमेत बताएका हुन् ।

 


४ फागुन २०७८, बुधवार १५:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु