एमाले संसदीय दलको बैठक सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको हो ।
सत्ताधारी दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
महाभियोग दर्ता भएसँगै आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
२ फागुन २०७८, सोमवार १२:३५ बजे प्रकाशित































