punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

Chaupati
safha napa

धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बिहीबार राति धनगढी उपमहानगरपालिका-१४ सि गाउँमा सुपप्र ०१०२ त ५३७२ नम्बरको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मनहेराबाट हसुलिया जाने क्रममा जन्ती बोकको ट्र्याक्टर अचानक पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ। ट्र्याक्टर चालक मनहेराका ३० वर्षीय विष्णु चौधरीलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।


२८ माघ २०७८, शुक्रवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु