सुदूरपश्चिममा थप ८९ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक हजार १४६ जनाको एन्टिजेन र ९५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।
बुधवार संक्रमण पुष्टि भएकामध्ये २० जना बुधवार नै भारतबाट फर्केका नागरिक हुन्। बुधवार सुदूरपश्चिमका नाका भएर एक हजार १७६ जना स्वदेश फर्केका छन्।
निर्देशनालयका अनुसार प्रदेशमा दुई हजार २७९ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ४७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
२६ माघ २०७८, बुधवार १९:३३ बजे प्रकाशित































