punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डम्बर हत्या प्रकरण : थप दुईजना पक्राउ

Chaupati
safha napa

बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो। प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत हुन्।

यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरू दुबैजनाले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घरनजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो। उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो। हरिशले दिएको लोकेशनको आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला गरेको हो।

त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटक समेत गरेका थिए। मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए।


२२ माघ २०७८, शनिवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु