स्थापना दिवसको अवसरमा प्रेस सेन्टर कैलालीद्धारा पत्रकारलाई मास्क वितरण

प्रेस सेन्टर नेपाल कैलालीले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई मास्क वितरण गरेको छ ।

प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्टले पत्रकारहरुले कोरोनाको बेला पनि जोखिम मोलेरै रिपोर्टिङ गर्नुपर्ने बाध्यतालाई ध्यान दिँदै स्वास्थ्य सुरुक्षाका लागि मास्क वितरण गरिएको बताए ।

सेन्टरका अध्यक्ष भट्टले नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीलाई मास्क उपलब्ध गराएर वितरण कार्यको सुरुवात गरे ।

मास्क वितरण कार्यक्रममा धनगढीमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।


१५ माघ २०७८, शनिवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु