सुदूरपश्चिमाञ्चल क्याम्पस र केयू विश्वविद्यालयबीच सम्झौता

धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले दक्षिण कोरियामा रहेको केयू विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ।

नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसनको सम्वयनमा सुदूरपश्चिमाञ्चल क्याम्पसले दक्षिण कोरियामा रहेको केमयुङ्ग विश्वविद्यालय सँग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख योगराज उपाध्याय र नेस्पोका तर्फबाट फाउन्डेसनका अध्यक्ष साम्राज्य विक्रम पाण्डेयबीच ६ बुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतापछि एसपिएका विद्यार्थीहरुको शैक्षिकस्तरमा समेत अन्तर्राष्ट्रियस्तरको अनुभव तथा सिकाइ गतिविधिमा महत्वपूर्ण सफलता मिल्ने प्रबन्ध निर्देशक सुवाश शाहीले बताए।

उनले क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने बताए ।


९ माघ २०७८, आइतवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु