थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो ।

१३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३०७ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ भने ८ लाख २१ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन् । जसमध्ये ७५ हजार ३७६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २१५६ जना आईसीयू र ४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका १०५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३०५ जना कोरोना संक्रमित थपिएका छन् ।


९ माघ २०७८, आइतवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु