बढ्यो सुनको भाउ
नेपाली बजारमा सुनको भाउ एक हजारले बढेको छ।हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।
तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ।
६ माघ २०७८, बिहीवार ११:४८ बजे प्रकाशित













