punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौं : प्रधानमन्त्री देउवा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’ प्रधानमन्त्रीदेउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोरोनाविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको दाबी गर्दै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको बताए ।

एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्रीलाई देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।


१ माघ २०७८, शनिवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु