punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माघीमा गुञ्जायमान हुने थारु बस्ती सुनसान

Chaupati
safha napa

थारू समुदायको ठूलो पर्व माघी आँगनमै आएपनि यस वर्ष थारु बस्ती भने सुनसान बनेका छन् । यतिबेला गञ्जायमान हुने कैलाली कञ्चनपुरका थारू बस्तीमा अहिले माघीको रौनक छैन । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले मेला, महोत्सव तथा भिडभाड नगर्न सूचना जारी गरेपछि यहाँका थारु बस्तीमा माघीको चहलपहल नभएको हो ।

सरकारले जारी गरेको सूचनाअनुसार भिडभाड गर्न नहुने भनेपछि आफ्नो पुर्खौदेखि मनाउँदै आएको माघी पर्व मनाउने कि नमनाउने भन्नेमा अलमल भएको कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरका पूर्व भलमन्सा तुलाराम जोगी थारूले बताए । उनले माघी पर्व मनाउने, नमनाउने वा मनाइहाले कसरी मनाउने भन्ने विषयमा सरोकारवालहरुबीच छलफल गरेर निर्णय गरिने बताए । ‘पुस मसान्तका दिन गाउँमा भलमन्सा, चौकीदार, साहू महार्जनको बैठक बसाउँदैछौं,’ उनले भने, ‘यही छलफलबाट माघी मनाउने कि नमनाउने भन्ने विषयमा निर्णयमा पुग्छौं ।’

थारू समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा र पुसको अन्तिम दिनलाई पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन् । पुरानो वर्षको बिदाईका रुपमा पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन छ । ‘जीता’ को प्रशादसँगै रातभर जाग्राम बस्दै मघौटा धमार, झुम्रा नाँच नाच्ने गर्दछन् ।

माघी मान्न आफ्ना आफन्तलाई उनीहरुले सातादिन अघि नै निम्तो दिइसक्छन् । माघी मान्न आउनेको लिष्ट तयार भएर सोही अनुसार आफ्नो घरमा खान्की तथा बङ्गुरको मासु (जीता) अर्डर गर्छन् । यसपालि पनि धेरैले जीता (बंगुरको मासु) अर्डर गरिसकेको भए पनि अहिले आएर प्रशासनले धेरै जमघट गर्न नपाइने सूचना जारी गरेकोले पाहुनालाई बोलाउने या नबोलाउने भन्नेमा थारू समुदाय अलमलिएका हुन् ।

माघी आउनु एक साता अघिदेखि नै थारू गाउँमा मघौटा, धमार झुम्रा नाचले चहलपहल बढी सक्थ्यो । यस्तै थारूहरू माघ महिनामा भलमन्सा, चौकीदार र गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवा र भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको हुन्थ्यो । तर, यसपालि भने अहिलेसम्म चहलपहल बढेको छैन । कोरोनाका कारण जमघट हुन नपाउने र मनोरन्जनमा सरकारले रोक लगाएपछि थारु बस्तीमा माघीको रौनक हुन सकेको छैन ।


३० पुस २०७८, शुक्रवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु