Hotel Flora Long Ad

सुनको भाउमा निरन्तरको वृद्धि

नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

पछिल्लो चार दिनदेखि निरन्तर सुनको भाउ बढिरहेको छ।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुप्रैयाँमा कारोबार भइरहेको छ।


३० पुस २०७८, शुक्रवार ११:१५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु