सुदूरपश्चिममा एकैदिन एक सय बढीमा कोरोना संक्रमण
सुदूरपश्चिममा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ।
आज मात्रै भारबाट स्वदेश फर्केका १२५ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७८ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५ ,भलुलाघाट बैतडी नाकाबाट स्वादेश फर्किका ३ जनामा संक्रमण पुष्टि भएको हो।शुक्रवार एक सय ५८ जनामा कोरोना संक्रमण फेला परेको थियो ।
२४ पुस २०७८, शनिवार १७:३२ बजे प्रकाशित












