धनगढीका भूमिहिनलाई लालपुर्जा वितरण गर्न सम्झौता
धनगढी उप–महानगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिने भएको छ ।
लालपुर्जा वितरणका लागि धनगढी उपमहानगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच सम्झौता भएको छ । आयोगमार्फत यसअघि भएका कामलाई पुनः अगाडि बढाउन काठमाडौंमा उपमहानगरपालिका र आयोगबीच सम्झौता भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका पदाधिकार र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सम्झौता पत्रमा सम्झौता गरेका हुन् ।
२४ पुस २०७८, शनिवार १६:५० बजे प्रकाशित












