राष्ट्रियसभा बैठक पुस २७ गतेलाई सर्‍यो

राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख गरेका छन् ।यसअघि पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको थियो ।

नेकपा एमालेको धेरैजसो जिल्लाको जिल्ला अधिवेशन पुस २४ गते तोकिएकाले एमालेले आफ्ना नेताहरु अधिवेशनमा सहभागी हुनुपर्ने भन्दै बैठक सार्न माग गरेको थियो ।

 


२३ पुस २०७८, शुक्रवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु