नाकामै खोप दिने तयारी

भारत सीमा नाका खक्रौलामा आउजाउ गर्ने नेपालीलाई नाकामै खोप लगाइने टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनकाअनुसार सीमा नाका खक्रौलामा अहिले पनि हेल्थ डेस्क राखिएको छ । सम्भवत शनिबारबाट खोप लगाउन सुरु गरिने उनले बताए ।

टीकापुरमा १८ वर्ष माथिकालाई खोप लगाइएको छ । करिब ६० प्रतिशत जनसंख्यालाई खोप लगाइसकिएको रावलले बताएका छन् । अधिकांशले खोप लगाइसकेका छन् । उनले अब टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेकोले त्यति गाह्रो नहुने पनि सुनाए ।

टीकापुर अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टमा दैनिक ५५ सिलिन्डर अक्सिजन भर्न सकिने क्षमता छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले टीकापुर अअस्पताललाइ ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाले पनि १५ लाख रुपैया सहयोग गरेका हुन् ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रावलका अनुसार टीकापुरमा सिटी हललाई कोभिड अस्पतालका रुपमा स्थापना गरिएको छ । ‘संक्रमित बढेमा अस्पतालमा नअटाउने भए सिटी हलमा राखेर पनि उपचार गर्छौं’ उनले भने ।


२३ पुस २०७८, शुक्रवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु