शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आजदेखि आठौँ चरणका खेल सुरु हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ ।

a-यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा रहेको छ ।


२३ पुस २०७८, शुक्रवार ०९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु