ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

कैलालीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ९ धनचौरी स्थित भित्री सडक खण्डमा बिहिवार उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका ६ जाली बस्ने ३६ वर्षीय बिरबहादुर चौधरीले चलाएको रा१त ४६५३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री कञ्चनपुर कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने अन्दाजी ४० वर्षीयको करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

 


२३ पुस २०७८, शुक्रवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु