Churya gapa
Churya gaupalika
Churya

सहमति नभए लोकतान्त्रिक अभ्यास कुण्ठित गर्दैनौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

‘सबैको कोशिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं’ बन्दसत्रमा प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

शनिबार अबेरसम्म भए पनि केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाउने आफूहरुको चाहना भएको प्रचण्डले बताए ।उनका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ ।

त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ छ ।माओवादीले पालिका र प्रदेशस्तरमा निर्वाचनको अभ्यास गरेको भन्दै महाधिवेशनमा पनि त्यो अभ्यास गर्न सकिने प्रचण्डको भनाइ छ ।


१७ पुस २०७८, शनिवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु