माओवादीमा सहमति जुटाउन ५ बजेसम्मको समय
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ ।शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएका छन् ।
उनले ५ बजेसम्म सहमति नभए निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउने बताएका एक नेताले जानकारी दिए । ‘अब आयोजक समितिलाई ५ बजेसम्म सहमति निर्माणका लागि समय दिनुपर्यो ।
सहमति भयो भने ठीक छ, सहमति भएन भने निर्वाचनतिर जानुपर्यो भने निर्वाचन समिति आफ्नो विधि विधानअनुसार अगाडि बढ्छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने ।यसअघि शनिबार बसेको बन्दसत्रले विधान परिमार्जनसहित पारित गरेको थियो ।
१७ पुस २०७८, शनिवार १५:५९ बजे प्रकाशित

















