Churya gapa
Churya gaupalika
Churya

सुदूरपश्चिमका तीन जिल्लामा भोली सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भोली सार्वजनिक बिदा दिएको छ।सुदूरपश्चिम प्रदेश सरकारले पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा बिदा दिएको हो।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार थी तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो।सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने भूवा पर्व हरेक वर्ष पुस औँसीबाट सुरु हुन्छ ।

यति बेला सुदूरका पहाडी जिल्लाहरूमा धूमधामका साथ भुवा पर्व चलिरहेको छ ।तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेका छ ।


१७ पुस २०७८, शनिवार १५:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु