Churya gapa
Churya gaupalika
Churya

धनगढीमा भुवा पर्व मनाइने

धनगढीमा दुई दिन भुवा पर्व मनाइने भएको छ । बाजुरा सेवा समाजले पुस १८ गतेदेखि १९ गतेसम्म भुवा पर्व मनाउन लागेको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै जानकारी दिएको हो ।

सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने भूवा पर्व हरेक वर्ष पुस औँसीबाट सुरु हुन्छ ।त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्यले बाजुरा पुर्खौली घर भएकाहरूले भुवा पर्वको आयोजना गर्न लागेको बाजुरा सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।

पर्वको तयारी समेत अन्तिम चरणमा पुगेको र भुवा पर्वको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष थापाले जानकारी दिए । धनगढीको पुरानो एयरपोर्टको चक्मेली बजारमा बिहान ८ बजे देखि कार्यक्रमको शुभारम्भ गरिने छ ।

यति बेला सुदूरका पहाडी जिल्लाहरूमा धूमधामका साथ भुवा पर्व चलिरहेको छ । कैलालीमा समेत पहाडी जिल्लाका बासिन्दाहरूको उल्लेख्य बसोबास रहेकोले परम्परालाई कायम गर्न यो पर्व मनाइन लागेको आयोजकले जनाएको छ ।

तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेका छ ।

यसैबिच प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार अछाम, बाजुरा र बझाङमा सार्वजनिक बिदा दिएको छ ।


१६ पुस २०७८, शुक्रवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु