Churya gapa
Churya gaupalika
Churya

कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलौरी(कलुवापुर पक्की सडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका(५ रामनगरमा कलुवापुरबाट बेलौरी आउँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से३प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बेलौरी आउँदै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका(५ गुलरियाका १८ वर्षीय विमल रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


१६ पुस २०७८, शुक्रवार १२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु