नगदसहित ६ जुवाडे पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ मदनचोकस्थित मधुशाला होटल एन्ड बारमा जुवातास खेल्ने ६ जनालाई नगद रकमसहित प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ का वर्ष २८ का गोबिन्दसिंह साउद, गणेशसिंह बुढाल, वडा नं १० का वर्ष ३८ का भरत साउद, वर्ष ३९ का रामसिंह बुढाल, वर्ष ४२ का वीरेन्द्र चन्द र मानसिंह साउद रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट ४६ हजार ६ सय नगद रकमसमेत बरामद भएको छ।पक्राउ गरिएका ६ जनामाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


१४ पुस २०७८, बुधवार २१:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु