Churya gapa
Churya gaupalika
Churya

भारतमा बेच्न लगिँदै गरेकी युवतीको उद्धार, दुई जना पक्राउ

banigadijayagad gapa

कैलालीसँग जोडिएको सीमानाका गौरीफन्टाबाट बेच्न भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरेको हो।

ती युवतीलाई ललाइफकाइ भारत लगिरहेको अवस्थामा उद्धार गरेर उनलाई लैजाने सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

भारतको राजस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।


१४ पुस २०७८, बुधवार १९:०४ बजे प्रकाशित

safha

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु