तमु ल्होसारमा सार्वजनिक विदा दिने निर्णय
सरकारले भोलि (पुस १५ गते) तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाँडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

१४ पुस २०७८, बुधवार १८:४८ बजे प्रकाशित













