punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो । दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको बताइएको छ ।


७ पुस २०७८, बुधवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु