punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवक हत्या प्रकरण : पाँच जनाको नाममा किटानी जाहेरी

Chaupati
safha napa

कैलालीको जानकी गाउँपालिकाको एक सामुदायिक वनमा बीभत्स हत्या गरिएका २५ वर्षीय अर्जुन दासका परिवारले पाँच जनाको नाममा किटानी जाहेरी दिएका छन् ।

मृतक दासका परिवारले इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता गरेका हुन् । किटानी जाहेरी दर्ता भएपछि शव पोष्टमार्टमको प्रक्रिया पनि अगाडि बढेको इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर ऐरले बताए ।

पीडित पक्ष दासको न्यायका लागि भन्दै चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मंगलबार इलका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरेका थिए ।


७ पुस २०७८, बुधवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु