punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मल बोकेको ट्रक पल्टियो, चालक सम्पर्कविहीन

Chaupati
safha napa

कैलालीको सुखडमा मल बोकेको ट्रक पल्टिएको अवस्थामा भेटिएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडमा मल बोकेको ट्रक पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको लु२ख ६०४ नम्बरको ट्रक बुधबार बिहान साढे तीन बजे दोदा पुल नजिक पल्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ट्रक पल्टिएको अवस्थामा भेटिए पनि चालक भने नभेटिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले यस विषयमा थप अनुसन्धान गरिरहेको बताए।


७ पुस २०७८, बुधवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु