प्रशासकीय अधिकृत शर्माद्वारा जन्मदिनमा छात्रवृति अक्षय कोषमा सहयोग
अछामको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद शर्माले बैधनाथ वेद विधाश्रममा स्थापित वैदिक छात्रवृति अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् ।
आइतबार एक कार्यक्रमकाबीच शर्माले आफनो ४१ औं जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका हुन् । प्रशासकीय अधिकृत शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डण्डिराज जोशी र प्राध्यापक देशवराज उपाध्यक्षलाई हस्तान्तरण सहयोग वाफत ३३ हजार तीन सय ३३ रुपैयाँ हस्तान्तरण गरे ।
यस्तो पवित्र भूमिमा आफनो जन्मदिन मनाउन पाउँदा निकै खुशी भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । विगत तीन वर्षदेखि आफनो जन्मदिनको अवसरमा असाय र अनाथहरुलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने उनले बताए ।
आर्थिक सहयोग कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, महासंघ प्रदेश समिति सदस्य तपेन्द्र कुँवरलगायतको पनि सहभागिता रहेको थियो ।
४ पुस २०७८, आइतवार १४:३६ बजे प्रकाशित













