सुनको भाउ बढ्यो , चाँदी तोलाको २५ रुपैयाँमा महँगो

नेपाली बजारमा बिहीबार सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार पुगेको छ। त्यस्तै तेजावी सुन पनि प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार स्थिर देखिएको चाँदीको भाउ पनि बिहीबार भने प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ।


१ पुस २०७८, बिहीवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु