क्षमता भन्दा बढी कैदीबन्दी भएपछि २८ कैदीबन्दी अन्यत्र स्थानान्तरण
जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो।
कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ।
कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ। कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ। स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन।
सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्थासमेत रहेको छ। कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन्। शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन् ।
कैदी बन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर थापाले बताए।
१ पुस २०७८, बिहीवार १२:४४ बजे प्रकाशित













