भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीब्र, स्थिति चिन्ताजनक
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र रुपमा फैलिन सुरू भएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार एकैदिन ४ बाट संक्रमितको संख्या २१ पुगेको छ ।
जसअनुसार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ ।
विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘यो भेरियन्टले डेल्टालाई पछि पार्न सक्छ किनभने यो पछिल्लो भेरियन्टको तुलनामा बढी संक्रामक छ ।’
कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।
महाराष्ट्रमा मात्रै संक्रमितको संख्या ८ पुगेको छ । पुणेको स्वास्थ्य अधिकारीले आइतबार जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिए ।
२० मंसिर २०७८, सोमवार ०८:०६ बजे प्रकाशित































