punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा महाधिवेशनको बन्द सत्रमा कार्यपत्रमाथि छलफल सुरु

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् ।

यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिए ।

पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् । आज बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ ।हिजोदेखि सुरु महाधिवेशनमा देशभरिबाट ४ हजार सात सय प्रतिनिधि सहभागी छन् ।


१६ मंसिर २०७८, बिहीवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु