punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम कांग्रेस अधिवेशन: संस्थापनइतरलाई उम्मेदवार छान्नै सकस

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमितिका लागि नेपाली कांग्रेसको संस्थापनइतर पक्षले उम्मेदवार छान्न सकेको छैन।देउवा पक्षका ६ जना प्रदेश सभापतिमा दाबी गरिरहँदा संस्थापनइतर पक्ष उम्मेदवार छान्न गृहकार्यमै छ।

इतर पक्षका नेता भरत खड्काले ३ जना सभापतिमा इच्छुक रहेको बताए।‘गोपाल गुरूङ कञ्चनपुरबाट, प्रताप गुरधामी बझाङबाट र रामचरण चौधरी कैलालीबाट आकांक्षी हुनुहुन्छ,’ उनले भने।संस्थापनइतर पक्षले सुदूरपश्चिममा प्यानलवाइज लड्ने कि सहकार्य गर्ने भन्ने पनि प्रस्ट हुन सकेको छैन।

‘जिल्लाको गृहकार्य गरेर ९ जना उम्मेदवार नै नाम टिप्ने काम भइरहेको छ, शेरबहादुरजीलाई पनि सकसै छ। हामीलाई भने सभापतिमा सकस छैन, अरू पदमा उम्मेदवार छान्न सकस भइरहेको छ,’ उनले भने।आजदेखि सुरू हुने प्रदेश अधिवेशन धनगढीमा हुँदैछ।अधिवेशनका लागि प्रदेशका ९ ओटै जिल्लाका प्रदेश प्रतिनिधिहरू धनगढी पुगेका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिमका प्रचारप्रसार संयोजक नृप सुनारले आवासका लागि स्थानीय होटलका एक हजार बेडको व्यवस्थापन गरिएको बताए।अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लाबाट ९ सय ७२ जना प्रदेश प्रतिनिधिहरू मतदाताका रूपमा छन्।


१६ मंसिर २०७८, बिहीवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु