punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मैदान खाली नभएपछि ए डिभिजन लिगका दुई खेल सार्ने एन्फाको निर्णय

Chaupati
safha napa

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालाको मैदान उपलब्ध नहुने भएपछि आगामी सोमबार हुने सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको अन्तिम दुई खेल सार्ने निर्णय गरेको छ।

एक सूचना जारी गर्दै एन्फाले नेपाल पुलिस र हिमालयन शेर्पा तथा जावलाखेल र मच्छिन्द्रबीचको खेल बुधबारको लागि सार्ने निर्णय गरेको हो।

एन्फाले सोमबार एथ्लेटिक्सका खेलहरु हुने भएकाले दशरथ रंगशालाको मैदान उपलब्ध नहुने बताएको छ। एन्फाले चौथो चरणसम्मका सबै खेलहरु दशरथ रंगशालामा नै गर्ने निर्णय गरिसकेको छ।


१६ मंसिर २०७८, बिहीवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु