punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा महामन्त्रीमा उठ्ने रेखाको तयारी

Chaupati
safha napa

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा उठ्ने भएकी छन्। बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उठ्न लागेकी हुन्।

महामन्त्री पदका लागि रेखाले बिहीवार आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइएको छ। पार्टीमा ६ जना महामन्त्री रहने व्यवस्था छ। तीमध्ये तीन निर्वाचित हुने र एक महिला हुनुपर्ने प्रावधान प्रस्ताव हुँदा रेखाले पनि उम्मेदवारी दिन लागेकी हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार कमल थापाको प्यानलबाट कुन्ती शाहीले महामन्त्री पदमा उम्मेदवारी दिइसकेकी छन्।

२०७० सालमा माओवादी पार्टी प्रवेश गरेर सक्रिय राजनीति छिरेकी रेखा २०७३ मंसिरमा तत्कालीन राप्रपामा प्रवेश गरिकी थिइन्। त्यस यता राप्रपामै रहेकी उनी हालको अधिवेशनमा काठमाडौं क्षेत्रका लागि महाधिवेशन प्रतिनिधि पनि हुन्।


१६ मंसिर २०७८, बिहीवार ०८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु