punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाले छुटेका विद्यार्थीको परीक्षा आज

Chaupati
safha napa

कोरोना संक्रमण भएर कक्षा १२ का विद्यार्थीको छुटेको परीक्षा आज हुने भएको छ।भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो।

बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन्। उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ। तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ।

यस्तै बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो।परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।


१६ मंसिर २०७८, बिहीवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु