punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाइजेरियाको डुङ्गा दुर्घटना, बालबालिकासहित २९ जनाको मृत्यु

Chaupati
safha napa

उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन।

कानो राज्यमा मंगलबारको दुःखद घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको दुःखद् सबैभन्दा पछिल्लो घटना हो। उक्त दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ।

‘हामीले अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेका छौँ र अझै बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छौँ,’ कानो राज्यका अग्नि सेवाका प्रवक्ता सामीनु अब्दुल्लाहीले जानकारी दिए।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो। उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेकासात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ।

कानो राज्यको बदाउ गाउँबाट आठ देखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए।एजेन्सी


१६ मंसिर २०७८, बिहीवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु