punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सीमा बन्द हुँदा भारतको क्वारेन्टाइनमै किरिया बसे छोरा

Chaupati
safha napa

दार्चुला। हिन्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दिवन्गत हुनु भएकै ठाउँमा १३ दिन सम्म सेतो कपडा ओढेर गर्नु पर्ने भएपनि दार्चुलाका बासुदेव भट्टलाई भने परदेशमा आमाको क्रिया गर्नुपरेको छ ।

आफ्नै जन्मभुमि जाने प्रवेशद्धारमा ताल्चा लागेपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन्, काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै किरिया बसेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई साता देखी भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बितेको खबर पाए पनि जन्म भुमि जान पाएनन्।

मंगलवारदेखि नै उनी आमाको अन्तिम संस्कार र काजकिरियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन् ।

अहिले बासुदेव भारतको बलुवाकोट क्वारेन्टाइनमै सेतो कपडा ओढेर किरिया बसेका छन् ।

फागुन महिनामा मजदुरी गर्न भारत गएका भट्ट लकडाउन पछि घर आउँदा धारचुलामा अलपत्र परेका हुन् । भट्टलाई नेपाल ल्याउन पहल भइरहेको तर माथिको आदेश अहिले सम्म नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए ।


३ वैशाख २०७७, बुधवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु