punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालिका बलात्कार आराेपमा कैलालीमा तीनजना पक्राउ

Chaupati
safha napa

धनगढी,वैशाख ३ । कैलालीमा १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। मंगलवार साँझ गोठाला गएका बेला जिल्लाको भजनी नगरपालिकाकी किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।

जोशीपुर गाउँपालिका वडा नम्वर ४ लालपुर बाणी बस्ने वर्ष २९ का रामकुमार चौधरी, वर्ष २२ का मंगल चौधरी, वर्ष ३१ का सुरेश कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।


३ वैशाख २०७७, बुधवार १२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु